सुमन नाथ योगी गाउँघरमा हाम्रा बाआमा र आफन्तहरु भन्ने गर्दछन– हाम्रो मान्छे पनि खाडि गएको छ । तर यो खाडि कहाँ छ, कस्तो छ– धेरै लाई पत्तो छैन । यो खाडिमा भुगोल र सीमारेखाका भिन्न छ वाटा मुलुक छन । कतार, कुवेत, बहराईन, साउदिअरब, ओमान, यू.ए.ई– सबै खाडि मुलुकहरु हुन् भन्ने कुराको ज्ञान यहाँ गाउँघरमा बस्ने बा आमा त के, त्यही खाडिमा छिर्ने छोराछोरी लाई पनि पत्तो भईरहेको हुन्न । त्यो अँध्यारो गन्तब्यमा उज्यालो खोज्न गएका हजारौ र लाखौ अनुहारमा ‘मुलुक बाहीर’ देखी बसाई सम्मका पात्र र प्रवृतिहरु समेटिएका हुन्छन् जिबनमा आक्नै नसकिने सपनाको थैलो लिएर त्यो दुरोदेश, मरुभुमि, रेगिस्तान, खाडि पुगिरहेका नेपालीको यथार्थ भने भिन्न छ जति हामी गाउँघरमा बसेर परदेशको सुख सम्भिरहेका हुन्छौ । ठुलो सुडकेर लिएर परदेशबाट घर फिरेको छोराको सुडकेसभित्रका पीडा, हैरानी र सास्तीहरु देशभित्रका आफन्तहरुले पत्तो पाईरहेका हुन्नन् । मुलुकमा गएर केही समय बसेपछि सपना र बिपनाको अन्तर थाहा हुन थाल्छ । ‘तिम्रो काम ईन्जीनियरका पछिपछि हिँडने हो’ भनेर यताबाट म्यानपावरले सपना आँखाभरी भरीदिएर पठाएका दुखिया नेपालीहरु ईन्जिनियरका पछिपछि त हिँडिका हुन्छन । तर काँधमा ढुङ्गा वा सिमेन्टको भारी हुन्छ । कतार भुमिमा भेडि गोठालो उँट रेस , बगैचा, खेति कार–वास र निर्माण कम्पनीमा समेत कति नेपाली बाध्यता र परिवन्दको आँसु बहाईरहेका छन् । त्यो त्यही भुमिमा गएपछि मात्र थाह हुन्छ । नेपाली साधारणजनहरु सपना र यथार्थबिचको अन्तर छुट्ट्याउन आफै सक्षम छन तर उनीहरु एकैसाथ थाहा नपाएको नपायै गर्नमा पनि सिद्धअस्त छन ।
Wednesday, March 6, 2013
समाज
नेपाली बोलिचालीको भाषामा समाज शब्दले एउटै रहन-सहन, व्यवस्था, धर्म आदी अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरूको समुह भन्ने बुझाउँछ। समाज शब्दले कुनै विशेष उदेश्य लिएर निर्माण गरिएका संघ, संस्थालाई पनि बुझाउने गर्दछ। जस्तै: आर्य समाज, ब्रम्ह समाज, थारु समाज आदी। नेपाली भाषामा प्रयोग हुँदै आएको "समाज" शब्दलाई बुझाउन अङग्रेजीमा'society' शब्द प्रयोग गरिन्छ। अङ्ग्रेजी भाषाको Society शब्द ल्याटिन भाषाको Socius बाट बनेको हो। ल्याटिन भाषामा Socius शब्दको अर्थ हुन्छ- सम्बन्ध अथवा मैत्री सम्बन्ध। यसप्रकार शब्दको व्युत्पत्तीका आधारमा हेर्दा अङ्ग्रेजी भाषाको Society शब्दले मानव-मानव विचको सम्बन्धलाई बुझाउँदछ।
hurmat dc
hurmat dc
Subscribe to:
Comments (Atom)