Wednesday, March 6, 2013

खाडि के होला ? सपना कि यथार्थ

सुमन नाथ योगी      गाउँघरमा हाम्रा बाआमा र आफन्तहरु भन्ने गर्दछन– हाम्रो मान्छे पनि खाडि गएको छ । तर यो खाडि कहाँ छ, कस्तो छ– धेरै लाई पत्तो छैन । यो खाडिमा भुगोल र सीमारेखाका भिन्न छ वाटा मुलुक छन । कतार, कुवेत, बहराईन, साउदिअरब, ओमान, यू.ए.ई– सबै खाडि मुलुकहरु हुन् भन्ने कुराको ज्ञान यहाँ गाउँघरमा बस्ने बा आमा त के, त्यही खाडिमा छिर्ने छोराछोरी लाई पनि पत्तो भईरहेको हुन्न । त्यो अँध्यारो गन्तब्यमा उज्यालो खोज्न गएका हजारौ र लाखौ अनुहारमा ‘मुलुक बाहीर’ देखी बसाई सम्मका पात्र र प्रवृतिहरु समेटिएका हुन्छन् जिबनमा आक्नै नसकिने सपनाको थैलो लिएर त्यो दुरोदेश, मरुभुमि, रेगिस्तान, खाडि पुगिरहेका नेपालीको यथार्थ भने भिन्न छ जति हामी गाउँघरमा बसेर परदेशको सुख सम्भिरहेका हुन्छौ । ठुलो सुडकेर लिएर परदेशबाट घर फिरेको छोराको सुडकेसभित्रका पीडा, हैरानी र सास्तीहरु देशभित्रका आफन्तहरुले पत्तो पाईरहेका हुन्नन् । मुलुकमा गएर केही समय बसेपछि सपना र बिपनाको अन्तर थाहा हुन थाल्छ । ‘तिम्रो काम ईन्जीनियरका पछिपछि हिँडने हो’ भनेर यताबाट म्यानपावरले सपना आँखाभरी भरीदिएर पठाएका दुखिया नेपालीहरु ईन्जिनियरका पछिपछि त हिँडिका हुन्छन । तर काँधमा ढुङ्गा वा सिमेन्टको भारी हुन्छ । कतार भुमिमा भेडि गोठालो उँट रेस , बगैचा, खेति कार–वास र निर्माण कम्पनीमा समेत कति नेपाली बाध्यता र परिवन्दको आँसु  बहाईरहेका छन् । त्यो त्यही भुमिमा गएपछि मात्र थाह हुन्छ । नेपाली साधारणजनहरु सपना र यथार्थबिचको अन्तर छुट्ट्याउन आफै सक्षम छन तर उनीहरु एकैसाथ थाहा नपाएको नपायै गर्नमा पनि सिद्धअस्त छन ।

No comments:

Post a Comment